• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजाको त्यो काम, एकै झड्कामा पुगिन् प्रहरी खोरमा

Bydeep

Mar 17, 2022

गोरखा । दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

‘गोरखामा गाइने सा’र्कीलाई बुवा बनाएर पूजा गैरेको नामबाट अर्काे नागरिकता निकालेको रहेछ,’ उनले भने, ‘आवश्यक कारवाही गर्न भनेर प्रशासनबाट पत्राचार भएपछि हामीले पक्राउ गरेका हौं ।’दोहोरो नागरिकतासम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हि’रासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रशासन कार्यालयको आदेशमा पक्राउ गरी उनीवि’रुद्ध बुधबार दोहोरो नागरिकतासम्बन्धी क’सुर शीर्षकमा गोरखा जिल्ला अदालतमा मु’द्दा दर्ता गरी सात दिनको म्याद लिएर थप अनुसन्धान गरिएको इन्स्पेक्टर अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *