• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

काठमाण्डौमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका बस चालक कास्कीबाट पक्राउ

Bydeep

Mar 17, 2022

काठमाण्डौ – काठमाण्डाैको बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर ज्यान गएको घटनाका बस चालकलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । गएको फागुन ३० गते बालाजुको गङ्गाहल नजिकै एक बसले गोरखाको बुङ्कोट घर भइ काठमाण्डौ बस्दै आएका भीमप्रसाद रेग्मीलाई ठक्कर दिएर भागेको थियो । गम्भीर घाइते रेग्मीको उपचारका क्रममा अस्ति मङ्गलवार अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा ज्यान गएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरेर ठक्कर दिने बस काठमाण्डौ–पोखरा रुटमा चल्ने ना ५ ख ३०९६ नम्बरको रहेको र चालक कास्कीका राजकुमार वंशी रहेको पत्ता लगाएको थियो । महानगरीय प्रहरी काठमाण्डौले कास्की प्रहरीको सहयोगमा चालक राजकुमार वंशीलाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *