• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

छोराको शव लिएर दिनभर सडकमा बसे

ByDeayam

Mar 17, 2022

इटहरीस्थित एपेक्स अस्पतालमा चिकित्सकको लापर्वाहिले बिरामी बालकको मृत्यु भएपछि आक्रोशित आफन्त तथा आन्दोलनकारीहरूले अस्पताल तोडफोड गरेका छन् ।

बिहीबार बिहानदेखि नै आन्दोलनरत पीडितका आफन्त र अस्पताल प्रशासनबीच अझै सहमति नजुट्दा घटनाले झन् उग्ररुप लिदैँ गएको छ ।

इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएपछि पीडितले प्रदर्शन गरेका हुन् ।

तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते बनेका छन । सरदारको निदारमा चोट पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सामान्य झाडापखाला लागेको बालकलाइ उपचारको क्रममा बुधबार साझ एपेक्समा भर्ना गरिएको र चिकित्सकले ओभरडोज सुइ लगाएको कारण बालकको मृत्यु भएको मृतक बालकका बुवाले बताए ।

अहिले आन्दोलन साम्य भएपनि मृतक बाललको शव काखमा राखेर पिडितहरूले अस्पताल बिरूद्ध नाराबाजी गरिरहेका छन । उनिहरूले उक्त अस्पताल तत्काल बन्द हुनुपर्ने , पिडित परिवारलाइ उचित क्षतिपुर्ती दिनुपर्ने जस्ता माग राखेका छन ।

घटनापछि अस्पताल सञ्चालक, प्रहरी प्रसाशन र पिडित परिवार बिच बार्ता चलिरहेको छ । घटना पछि अस्पताल क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको थियो ।

बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित उपचारमा संलग्नलाई कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *