• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दुधसँग खान नहुने १२ खानेकुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ

ByDeayam

Mar 17, 2022

दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ । अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् ।

जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ । यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ ।

यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ । तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खानपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ ।

दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ
१. कालो दालसँग दुध

हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।

२. दहीसँग दुध

दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

३. मूला, माछामासु जस्ता पदार्थसँग दुध

दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

४. नुन र करेलासँग दुध

दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५. तिलको सेवनसँग दुध

दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६. कागतीसँग दुध

दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

७. सुत्नु भन्दा अघि तातो दुध

सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

८. रहरको दालसँग दुध

रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ ।

९. नुनिलो खानेकुराहरु सँग दुध

दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस् । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।

१०. प्याजसँग दुध

खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् ।

११. खुर्सानी र मसलादार खानासँग दुध

खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् ।

१२. केरासँग दुध

रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ ।

यी १२ कुराहरु सँधै याद राख्नुहोला र सकेसम्म यी खानेकुराहरु खाए पछि दुध नपिउँनुहोला अथवा दुध पिएको केहिबेरमा नै यी खानेकुराहरु नखानुहोला ।

अब दुध कसरी पिउने हो ? यसलाई कतिबेला पिउने ? जान्नुहोस
१. रातमा दूध पिउँदाका फाइदा

दूध पिउने सबैभन्दा उपयुक्त समय राति सुत्नुअघि नै हो । आयुर्वेदका अुनसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले अतपाईंलाई शान्त बनाउँछ र राति मिठो निद्रा पर्छ ।

यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राति पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ ।

२. राती पचाउन नसके बिहान

पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकि यो सजिलै पच्न सकोस । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ ।

त्यसैले दूध वा चियाँसँग बिस्कुट-पाउरोटी खान सल्लाह दिइन्छ ।

३. मसल्स बनाउनलाई राति पिउने

आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ । पोषणविदहरुको भनाईमा राति सुत्नुअघि कुनै पनि कुरा खानाले शरीरमा उर्जाको सञ्चार पनि हुन्छ ।

४. साँझ परेपछि पिउने

साँझ परेपछि कुनै पनि बेला दूध पिउनु स्वास्थ्यका दृष्टिले सुरक्षित मानिन्छ ।

५. दूधलाई मिल्क सेक बनाएर नपिउने

आयुर्वेदका अनुसार दूधलाई मिल्कसेकको रुपमा पिउनु स्वास्थ्यका लागि ठिक छैन । दूधमा काँचो फल, केरा, आप आदि मिलाएर खानु हुँदैन ।

६. दुधमा केरा नमिसाउने

केरालाई दूधसँग मिलाएर खानु हुँदैन किनकी यसबाट शरीरमा टक्सिन जम्मा हुन थाल्छन् । यसले गर्दा रुघा, खोकी, ज्वरो एलर्जी र छालाका समस्याहरु उत्पन्न हुन्छन् ।

७. दुध पिउने विशेष समय

आयुर्वेदका अनुसार हरेक दिन दूध पिउने एउटा विशेष समय हुन्छ । उक्त समयमा दूध पिउँदा तपाईंले बढिभन्दा बढि फाइदा लिन सक्नुहुन्छ ।

आयुर्वेद विशेषज्ञहरुका अनुसार दूध बिहानै वा राति सुत्नुअघि पिउनु मुनासिब हुन्छ । यसबाट अत्यधिक लाभ लिनका लागि यसमा अश्वगन्धा वा त्रिफला मिलाएर पिउनुपर्छ । यसबाट तपाईंलाई राति राम्रो निद्रा पर्छ भने आँखालाई पनि यसले फाइदा पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *