• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाहविरुद्ध नवलपरासी पूर्व जिल्ला अदालतमा मुद्दा दर्ता ,१४ वर्ष कैद सजाय माग

ByDeayam

Mar 17, 2022

मोडल एवं अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । विहीबार १६ वर्षीया किशोरी (गायिका)ले दिएकी जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।

किशोरीले गत वर्षको चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा अभिनेता शाहविरुद्ध उजुरी दिएकी थिइन् । किशोरीको सोही उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गरेको हो ।

किशोरीले एकैदिन सकिने छायांकनलाई दुई दिन लगाएर राति रक्सी खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन् । कावासोतीस्थित सरकारी वकिलले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार ४ दिनअगाडि नै अदालतमा मुद्दा दर्ता गरिएको हो । उही किशोरीले अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारसम्बन्धी उजुरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *