३ चैत, काठमाडौं । नेकपाल (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम भरतपुर महानगर पालिकाकाकी मेयर रेनुदाहालले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी छिन् । बागमती प्रदेश समितिले बिहीबार दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए। माओवादी केन्द्रको आठौं महाधिवेशनपछि नयाँ जिल्ला इन्चार्जहरु तोकिएको थिएन ।हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो जिल्लाको इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।