चैत, काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दति भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि कम्मर हुँदै भुईंमै झर्न लागेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘बोल्दा बोल्यो, कलाकार होस् विवादमा नफस् भन्छन् । तर १८ महिने बालिकाको बलात्कारपछि हत्या, अनि कथित तल्लो जातकै कारण एउटी नाबालिकाप्रति अमानीय व्यवहार, फेरि पनि यही समाजमा देखिरहँदा यस्तै तमाम घटना दैनिक पढिरहनु पर्दा मन पोल्छ । अहिलेको युगमा पनि यो समाजको चेतनाको भित्री कट्टु झरेर तल भुईंमा खसिसकेको झंै महसुस हुन्छ ।
ए चेतनशील नागरिकहरु हो, यो समाजको चेतनाको कट्टु टाउकोदेखि कम्मर हुँदै बगेर भुईंमा झर्नबाट जोगाउनुहोस् । यो समाज सुधार्ने तपाईं हामी नागरिककै आचरण, सोच र व्यवहारले हो ।’ उनले नागरिककै आचरण, सोच र व्यवहारले नै समाज सुधारिने बताएका छन् ।