चितवन चैत ३, चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली फेरि आमनेसामने हुने संकेत देखिएको छ । २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट दाहाल र एमालेका ज्ञवालीवीच कडा प्रतिस्पर्धा भएको थियो ।
एमाले पङ्क्तिले भने दाहाल पक्षले धाँधली गरेर चुनाव जितेको आ’रो’प लगाउँदै आएको छ । १५ जेठ ०७४ मा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहँदा मध्यरातमा मतगणनास्थलमै दाहाल पक्षले ९१ वटा मतपत्र च्यातेका थिए । उक्त घटनापछि पुनः मतदान गरेर दाहालले २ सय ३ मत बढी ल्याएर ज्ञवालीलाई परा’जित गरेकी थिइन् ।
आफूलाई धाँ’धली गरेर हराएको बताउने एमालेका केन्द्रीय सदस्यसमेत रहेका ज्ञवालीले पुनः मेयर उठ्ने इच्छा व्यक्त गरेका छन् । अघिल्लो पटक धोखाधडी गरेर हराइएको बदला लिन पनि यसपटक एमालेले ज्ञवालीलाई भरतपुरको मेयरमा उठाउने सम्भावना बलियो छ । ज्ञवालीले मेयर पदमा उठ्ने आकांक्षा व्यक्त गरे पनि एमालेले भरतपुरमा कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन ।
एमालेभित्र उपमहानगर र महानगरका उम्मेदवार तोक्ने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ । शिलापत्रसँगको कुराकानीमा ज्ञवालीले आफू मेयरको आकांक्षी भएको अप्रत्यक्ष रूपमा बताए ।०७४ मा आफूमाथि भएको घातका कारण भरतपुरमा आफ्नो पक्षमा सहानुभूतिसहितकाे जनमत भएको ज्ञवालीको दा’बी छ ।
‘अघिल्लो पटक भएको घ’ट’नाका कारण जनताले मलाई घाइते हो, पीडित हो भन्ने बुझेका छन्,’ ज्ञवालीले भने, ‘मेरो पीडा र घाउमा मल्हम लगाउनुपर्छ भन्ने मनसाय छ जनताको ।’०७४ मा आफूमाथि घात र अ’न्याय भएको बताउँदै ज्ञवालीले भने, ‘त्यतिखेर ममाथि मात्र होइन, सम्पूर्ण लोकतन्त्र र यसको स्वच्छ पद्धतिमाथि नै घा’त भएको थियो ।
हामीमाथि अन्याय भएको थियो, यसपटक त्यसो नहोला ।’पार्टीले भरतपुरका जनताको जनभावना र मतको कदर गर्ने बताउँदै ज्ञवालीले भने, ‘पार्टी भनेको पनि जनताकै संगठन हो । जनभावनाको प्रतिनिधित्व गर्ने संस्था पार्टी नै हो । त्यसैले यसपटक पनि पार्टीले जनभावनाको कदर गर्नेछ भन्ने विश्वास छ ।’
सत्तारुढ गठबन्धन माओवादी केन्द्रकी हालकी मेयर रेणु दाहाल भरतपुरको मेयरमा बलियो दाबेदार हुन् । सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानरमा केन्द्रीय तहबाट गठबन्धन गर्ने र नगरपालिका तथा गाउँपालिका स्थानीय परिस्थितिअनुसार तालमेल गर्नेबारे अनौपचारिक छलफल भइरहेका छ ।
महानगरहरूमा तालमेल हुने अवस्थामा तुलनात्मक रूपमा वीरगञ्ज महानगरमा जसपाको दा’बी रहने र भरतपुर महानगरमा माओवादी केन्द्रको दा’बी रहने देखिन्छ ।सहमति कायम रहेमा माओवादी केन्द्रबाट भरतपुरमा रेणु दाहाल नै मेयरको पदमा फेरि उठ्ने बलियो सम्भावना रहेको माओवादी नेताहरूको भनाइ छ ।
यद्यपि, माओवादी र कांग्रेसबीच मेयर पदमा तालमेलबारे टुंगो भने लागेको छैन र माओवादीले पनि कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने छलफल चलाइसकेको छैन ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्रको केही हिस्सासमेत पर्ने भरतपुरमा माओवादी–कांग्रेस गठबन्धन बनेमा दाहाल नै मेयरको उम्मेदवार बन्ने आंकलन गरिएको छ ।
आफ्नो चुनावी क्षेत्रमा प्रचण्डले फरक पार्टीको मान्छेलाई मेयर बनाउन नचाहने भएकाले माओवादीको दा’बी हुने पनि चितवनमा चर्चा भइरहेको छ ।दाहाल भरतपुर मेयरको प्रबल दाबेदार भए पनि माओवादी केन्द्रले भरतपुरमा कसलाई उम्मेदवार बनाउने भनेर टुगों लगाइसकेको छैन ।
दाहालका प्रेस सल्लाहकार शुरेशचन्द्र अधिकारीका अनुसार दाहालले अहिले नै आफूलाई मेयरको दाबेदार भनेकी छैनन् । ‘उहाँले अहिले नै आफूले मेयरमा दा’बी गर्ने भन्नुभएको छैन,’ अधिकारीले भने, ‘पार्टीमा छलफल भएपछि आधिकारिक उम्मेदवार तय हुन्छ ।’