• Sat. Sep 23rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

होलीकै दिन शोकमा डुब्यो पुरै गाउँ, दुई जवान युवकको मृत्यु

Bydeep

Mar 17, 2022

काठमाडौं ।रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो गाडीको ठ-क्करबाट २ जना युवकको ज्यान गएको छ। ठ’क्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घा’इते भएका छन ।

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठ-क्कर दिंदा २ जना पैदलयात्रुको मृ’त्यु भएको हो।मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी गाडीको ठ’क्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन । असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारिको बिरगंजमा उपचार भैरहेको डिएसपी भण्डारीले बताएका छन ।ठ’क्करबाट ग’म्भीर घाइ’ते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति मृ’त्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठ’क्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्दे पक्राउ परेका छन । मृ’तकका आफन्तहरुले दुबै श’व हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्ष’तिपू’र्तिको माग गर्दै बिहीबार बिहानै देखि प्रदर्शन गरिरहेका छन ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई बैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घ’टनाको कारणबारे अनुसंधान भैरहेको प्रहरीले जनाएको छ । यसैबीच केही स्थानीयले उक्त घ’टनामा एमाले केन्द्रिय सदस्य तथा निबर्तमान सांसद कुन्दन कुश्वाहाको नाम जोडेर सामाजिक संजालमा राखेपछि कुश्वाहाले आपती जनाउँदै जथाभावी चरीत्र ह’त्या गर्ने लाई कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *