ज्योति विकास बैंकले काठमाडौंको विद्यालयलाई सहयोग गरेको छ।
बैंकले काठमाडौं बसन्तपुरको नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु सहयोग गरेको बैंकका मार्केटिङ विभाग प्रमुख बसन्त दाहालले जानकरी दिए।
उक्त सहयोग सामाग्री बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले विद्यालयलाई हस्तान्तरण गरेका थिए।
बैंकको नेपालभर ११४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६२ एटिएम रहेका छन्।