युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ।
शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन्।
त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्दा भिल्लारियलले बायर्न म्युनिखको चुनौती पेस गर्नेछ। अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् ।
क्वाटरफाइनल चरणका खेलहरू ५ र ६ अप्रिलमा पहिलो लिग र१२ र १३ अप्रिलमा दोस्रो लेग हुनेछ।
सेमिफाइनलको पहिलो लिग २६ र २७ अप्रिलमा तथा दोस्रो ३ र ४ मेमा हुनेछ। च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ।