• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बिरामी प्रेमिकाको हेरचाह गरिरहेका अमेरिकी नागरिकको रुसी आक्रमणमा मृत्यु

ByDeayam

Mar 18, 2022

रुसले युक्रेनमा आक्रमण थालेको तीन हप्ता पुगिसकेको छ।

युक्रेनका हरेक क्षेत्रलाई कब्जा गर्न रुसी सेनाले हवाई कारवाही गरिरहँदा युक्रेनी सेनाले पनि प्रतिवाद गरिरहेको छ।युक्रेनमा दैनिक सर्वसाधारण मरिरहेका छन्। युद्धको चपेटामा परेका मानिसहरु भाग्दाभाग्दै र लुक्दालुक्दै ज्यान गुमाइरहेका हुन्।

सो क्रममा रुसी सेनाको आक्रमणमा परेर पहिलो अमेरिकी नागरिकको ज्यान गएको सीएनएनले जनाएको छ।

हिजो बिहीबार जिमी हिल नाम गरेका अमेरिकी नागरिकको युक्रेनमा मृत्यु भएको हो। उनी आफ्नी युक्रेनी प्रेमिकाको हेरचाह गरिरहेका थिए जो दिमाग र ढाँडको रोगी हुन्।

सीएनएनका अनुसार जिमी रुसले युक्रेनमा आक्रमण गर्नभन्दा पहिले नै युक्रेन गएका थिए। उनी प्रेमिका भेट्न युक्रेनको भ्रमण गरिरहन्थे।

तर बिहीबार रुसी सेनाको हवाई कारवाहीमा परेर जिमीको मृत्यु भएको छ। जिमीकी बहिनी काट्याका अनुसार जिमीले बिरामी प्रेमिका छाडेर अमेरिका नफिर्किने बताएका थिए।

युक्रेनी प्रहरीका अनुसार रुसी सेनाले गरेको कारवाहीले आगलागी भएपछि आगोमा परेर जिमीको मृत्यु भएको हो। जिमी र उनका प्रेमिका चनिहिभमा बस्दै आएका थिए।

त्यहाँ प्रेमिकाको उपचार गर्ने अस्पताल भेटेपछि जिमी सो क्षेत्रमा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *