• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

लाप्राक र बारपाकको विकासका लागि पलह गर्छु : पूर्वप्रधानमन्त्री नेपाल

ByDeayam

Mar 18, 2022

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका हुन् ।

लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका हुन् । “लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ”, उनले भने, “यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।”

उनले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिए ।

“विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो”, उनले भने, “तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *