• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

ByDeayam

Mar 19, 2022

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेकाे छ ।

बाेर्डले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आउँदाे जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने छ । परीक्षा नौ दिन सञ्चालन हुनेछ ।

प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।

यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षाकाे समय तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *