• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चीनका एक अरब २४ करोड नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ByDeayam

Mar 19, 2022

चीनमा एक अरब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो । चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अरब ४१ करोड जनसङ्ख्या रहेको देखाइएको थियो ।

त्यसैगरी सङ्क्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उहाँको भनाइ छ ।

पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् । रासस

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० बर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *