• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीलाई भारतभर ‘वाई’ श्रेणीको सुरक्षा

ByDeayam

Mar 19, 2022

बलिउडमा यतिबेला कश्मिरी पण्डितहरूको कथामा आधारित फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ । यो फिल्मलाई निर्देशक विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् । यो फिल्मलाई जति दर्शकहरुले पराइरहेका छन्, त्यतिले नै यस फिल्मको विरोध पनि गरिरहेका छन् ।

अधिकांश दर्शकहरुले फिल्मको विरोध जनाइरहेको अवस्थामा भारत सरकारले निर्देशक विवेक अग्निहोत्रीलाई सीआरपीएफ कभरसहित भारतभर ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ ।

फिल्ममा देखाइएको छ कश्मिरी पण्डितहरुको पीडा

फिल्ममा सन् १९९० मा कश्मिरी पण्डितहरुको नरसंहारलाई प्रस्तुत गरिएको छ । अधिकांश शहरका सिनेमा हलहरूमा हाउसफुल शोहरू चलिरहेका छन् । निर्देशक अग्निहोत्रीले फिल्ममार्फत् घर–घर हिंसाको कथालाई जनतासामु ल्याएका छन् ।

फिल्ममार्फत् कश्मिरी आतंककारी बलहरूको पर्दाफास गरिएको छ । त्यसपछि कश्मिरियत र कश्मीरमा शान्तिको कुरा गर्ने दुईमुखी मानिसहरू निर्देशक अग्निहोत्रीप्रति निकै आक्रोशित भएका छन् । उनीहरुले विवेक अग्निहोत्रीलाई धम्की दिइरहेका बताइएको छ ।

केही राज्यले गरे कर फ्री

पछिल्ले समय कश्मीरका फाइलहरू भारतभर चर्चामा छन् । कश्मीर फाइल्समा अभिनेता अनुपम खेर, पल्लवी जोशी र मिथुन चक्रवर्तीलगायतले अभिनय गरेका छन् ।

फिल्मलाई हरियाणा, उत्तराखण्ड, उत्तर प्रदेश, मध्य प्रदेशलगायत धेरै राज्यमा करमुक्त घोषणा गरिएको छ । यसैबीच, केहीले यसलाई भारतभर नै करमुक्त बनाउन माग गरिरहेका छन् । फिल्म हेर्ने अधिकांशले यो फिल्मले १९९० को दशकमा कश्मिरी पण्डितमाथि भएको अत्याचारलाई चित्रण गरेको बताउँछन् ।

बक्स अफिसमा उत्कृष्ट कमाइ

फिल्मले रिलिजको छैटौं दिन बुधबार बक्स अफिसमा १९ करोडको कलेक्सन गरेको छ । यो फिल्मले एकै दिनमा अहिलेसम्मकै धेरै कमाइ गरेको हो । किनभने मंगलबार मात्रै फिल्मले १८ करोड कमाएको थियो । अब छिट्टै यो फिल्म १०० करोड क्लबमा प्रवेश गर्न लागेको छ । अभिनेता अनुपम खेर पनि यो फिल्मको कमाईको आँकडाबाट निकै खुसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *