नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लेखिएको निःशुल्क शिक्षा, स्वास्थ्य कार्यान्वयन र रोजगारी सृजना गर्नको लागि आन्दोलन गर्ने बताएका छन् ।
आन्दोलन नभइ पुराने सोच, मानसिकता र मनोविज्ञान बदल्ने कुरा सम्भव नदेखिएको पनि उनले बताए ।संविधानमा लेखिएको कुरा कार्यान्वयन नहुने अवस्थामा पुगको छ, शान्तिपूर्ण र जनदबाब नभइकन आन्दोलनको नेतृत्व आफुले गर्ने बताए ।
उनले एक अन्तर्वार्तामा सोधेको प्रश्नको जवाफ दिदै भने– ‘गर्नु पर्ने धेरै छ, भ्रष्टचार नियन्त्रण, विकासलाई जनपक्षिय रुपमा अगाडि बढाउने, शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गर्ने कुरा र शिक्षामा अझ बढि लगानि गर्नु पर्नेछ।’