• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पटक-पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विद्यार्थी नेताहरुले गरे विरोध

ByDeayam

Mar 19, 2022

सत्तागठबन्धनमा आबद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिप्रति आपत्ति जनाएका छन्। शुक्रबार वक्तव्य जारी गर्दै पटक-पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

वक्तव्यमा भनिएको छ, ‘पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य सामानमा समेत कालोबजारी व्यापक भइरहेको छ। हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यन्वयन गरी पछिल्लो समय बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्छौं। खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको कालाबजारी नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न र पटकपटक पेट्रोलियम पदार्थमा हुनेगरेको मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्नसमेत हामी सचेत गराउँछौं।’

हप्ता दिन नबित्दै पेट्रोल, डिजल र मट्टितेलमा पटक-पटक गरिएको मूल्यवृद्धिले यातायात र ढुवानिमा प्रत्यक्ष प्रभाव पारेको छ। जसले गर्दा जनताको दैनिक उपभोग्य वस्तु र सेवामा समेत चरम मूल्यवृद्धि भएको छ।

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववीयु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौं अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त वक्तव्य जारी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *