• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?

ByDeayam

Mar 19, 2022

धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ। यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले।तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।

भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् ।पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।

लसुन, प्याज र दानादुनीले ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । त्यसैले यी कुराहरू नखानुस् ।उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुराहरू राम्ररी पच्न पाउँदैनन् र ग्यास बन्छ ।

पैंतालीस वर्षमाथिका मानिसले दही मात्र खानुस्, अरू कुनै दुग्धपदार्थ नलिनुस् ।

कब्जियतको समस्या हुँदा शरीरका विषाक्त पदार्थ राम्ररी बाहिर निस्कन पाउँदैनन् । त्यसले गर्दा पनि ग्यास बन्छ ।दिनभरिमा १० गिलास पानी पिउनुस् । फाइबर बढी भएको खानेकुरा खाने गर्नुस् ।

कुनै एन्टीबायोटिकहरूका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैनन् । यसले गर्दा पाचन खराब हुन्छ अनि ग्यास बन्छ ।एन्टीबायोटिक लिएपछि पाचनमा समस्या आएमा चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लेख्न भन्नुस्

कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्ररी पच्न पाउँदैन र ग्यास बन्ने समस्या आइलाग्छ ।खाना खाँदा आरामले चपाएर खानुस् अनि बिस्तारै पच्न दिनुस् । खाना खाँदा गफ नगर्नुस् ।

मैदाबाट बनेका कुरा, जंक फूड अनि बाहिरबाट तारेको खानेकुरा नखानुस् ।सन्तुलित आहार लिनुस् अनि दिनको आधी घन्टा व्यायाम गर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *