• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रकाश सपुतको ‘पिर’ गीत युट्युब च्यानलबाट हटाइयो

ByDeayam

Mar 19, 2022

गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् ।

शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाउदै गायक सपुतले उक्त गीतकाे विवादित दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका हुन् ।

नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन् । किनकि यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो । यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् ।

दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ । भिडियोमा यसअघि देखिएको पुलमाथि यौनकर्मीको दृश्य पूर्ण रुपमा हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *