• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रचण्ड पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित

ByDeayam

Mar 19, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ ।

प्रचण्ड आइतबार पोखरा आउन लागेका हुन् । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरू सहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *