युवतीहरूलाई अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले कैलालीबाट दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।
शनिबार धनगढी उपमहानगरपालिका-७ को फुडल्याण्ड र लक्ष्मी होटलबाट दुई जना सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ती होटलमा छापा मारी प्रहरीले पाँच जना युवतीको उद्धार पनि गरेको छ। ती युवतीलाई विभिन्न प्रलोभनमा पारी होटलमा राखेर अनैतिक गतिविधिमा संलग्न गराइएको पाइएको छ।
होटल सञ्चालकलाई थुनामा राखेर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।