• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

योगेश भट्टराईलाइ विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव मन पर्‍यो

ByDeayam

Mar 19, 2022

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव राम्रो भएको बताएका छन् ।

नेता भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने भन्दै गरेको प्रस्ताव अत्यन्तै वस्तुवादी र सहि भएको जनाएका हुन् ।

उनले विप्लवको उक्त प्रस्ताव ‘नेपाली धर्तीको मार्क्सबादी बिचार पनि हो’ भनेका छन् । करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनबाद हुँदै आजको नेकपा एमाले निर्माण भएको नेता भट्टरार्यले बताएका छन् ।

बुर्जुवाहरुसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र बैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा भएको उनले उल्लेख गरेका छन् ।

समाजवादसम्म पुग्नेबाटो बाटो सबै कम्युनिष्टहरुको निर्वाचननै भएको बताउदै उनले एकीकृत रुपमा ध्रुवीकरण हुनुुपर्ने बताएका छन् ।

नेता भट्टराईले नेपाली जनताको अपेक्षा पनि कम्युनिष्ट एकता नै भएको दावी गरेका छन् । नेकपा माओवादीसँग चोइटिएर गठन भएको विप्लव नेतृत्वको नेकपाले यसअघिका निर्वाचनहरु बहिस्कार गर्दै आएको छ ।

शुक्रबारको आन्तरिक बेठकमा विप्लवले पार्टीका नेताहरुलाई आगामी निर्वाचनमा भाग लिने प्रस्ताव गरेका थिए । विप्लव नेतृत्वको नेकपाको बैठक आजपनि बस्दै छ । आजको बैठकले निर्वाचनमा भाग लिने या नलिनेबारे विप्लवले निर्णय लिनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *