• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

राष्ट्रपति पुटिनलाई मनोरोगीको संज्ञा दिने मोडल मृत फेला

ByDeayam

Mar 19, 2022

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मनोरोगी’ को संज्ञा दिएकी एक रुसी मोडल मृत फेला परेकी छिन् ।

रुसी मोडल ग्रेटा वेडलरको मृत शरीर एक सूटकेसमा बरामद भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार २३ वर्षीय ग्रेट केही समयदेखि बेपत्ता थिइन्, तर उनको सामाजिक सञ्जाल चलिरहेको थियो ।

यो घटना रुस र युक्रेनबीच युद्ध चलिरहेकाले पनि चर्चामा आएको हो । मोडल ग्रेटाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना गरेर चर्चामा आएकी थिइन् । डेल्ली मेलमा प्रकाशित भएको समाचार अनुसार मोडल ग्रेटाको हत्या उनका पूर्वप्रेमी दिमित्री कोरोविनले गरेको बताइएको छ ।

कोरोविनले ग्रेटालाई मारेर शवलाई सूटकेसमा राखेर कारको डिक्कीमा राखेका थिए । समाचारमा बताइएअनुसार कोरोविनले अपराध स्वीकार गर्दै ग्रेटालाई ३ सय माइल टाढा लगेर मारिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *