• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले युक्रेनमाथि प्रहार गरेको हाइपरसोनिक मिसाइल कस्तो हो ?

ByDeayam

Mar 19, 2022

हाइपरसोनिक मिसाइल त्यो मिसाइल हो जुन ध्वनीको गति भन्दा पाँच गुणा बढी गतिमा उड्दै आफ्नो लक्ष्य तिर जान्छ। तर हाइपरसोनिक हतियारहरुलाई आफ्नो गतिद्वारा आफ्नो विशेष स्थिति प्राप्त हुँदैन।

“हाइपरसोनिक एक धेरै पुरानो टेक्नोलोजी हो। ब्यालिस्टिक मिसाइलहरु पनि आवाजको गति भन्दा छिटो यात्रा गर्दछन्,’’ सेन्टर फर एयरपावर स्टडीजका परमाणु हतियार विशेषज्ञ मनप्रीत सेठी भन्छन्।

रक्षा क्षेत्रसँग सम्बन्धित एक विशेषज्ञ राहुल बेदी यस मिसाइलको फायरपावरको बारेमा भन्छन्, “हाइपरसोनिक मिसाइल पछिल्लो ३०–३५ वर्षको सबैभन्दा उन्नत मिसाइल टेक्नोलोजी हो। यस अन्तर्गत, एक वाहनले पहिले मिसाइललाई अन्तरिक्षमा लैजान्छ। यसपछि मिसाइल यति छिटो लक्ष्यतिर अघि बढ्छ कि एन्टीमिसाइल प्रणालीहरु यसलाई ट्रयाक र नष्ट गर्न सक्दैनन्।’’

कुनै हतियारको उपयोगिता तबसम्म रहन्छ जबसम्म सोभन्दा उन्नत हतियार आउँदैन। यो ब्यालिस्टिक मिसाइल र हाइपरसोनिक मिसाइलहरुमा पनि लागू हुन्छ। सेठी बताउँछन्, “ब्यालिस्टिक मिसाइल हाइपरसोनिक गतिमा पनि सर्छन्, तर जब कुनै ठाउँबाट प्रक्षेपण गरिन्छ यो कहाँ खस्नेछ भनेर थाहा हुन्छ। यस्तो स्थितिमा यी मिसाइलहरु ट्रयाक गर्न सजिलो हुन्छ। प्रक्षेपण पछि यो पनि थाहा हुन्छ कि यी मिसाइलकाके दिशा परिवर्तन गर्न सकिँदैन।’’

‘तर हाइपरसोनिक क्षेप्यास्त्रको प्रक्षेपणपछि दिशा परिवर्तन सम्भव छ। यी मिसाइलहरु हाइपरसोनिक गतिमा वायुमण्डलमा ग्लाइड र आफ्नो लक्ष्य तिर सर्छन्। यिनीहरुले ब्यालेस्टिक मिसाइलहरु जस्तै आर्क र प्रोजेक्टाइल बनाउँदैनन्, यस कारणले उनीहरुका लक्ष्यहरु पत्ता लगाउन धेरै गाह्रो हुन्छ। यस्तो अवस्थामा उनीहरु एन्टी मिसाइल डिफेन्स सिस्टमको चपेटामा आउँदैनन्,’ उनले थपे।

सरल शब्दहरुमा भन्ने हो भने यदि कुनै देशले एक हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेमा एन्टीडिफेन्स मिसाइलको मद्धतबाट यसलाई रोक्न असम्भव छ। किनभने यस प्रविधिसँग सुसज्जित मिसाइलको दिशा प्रक्षेपण पछि निर्देशित गर्न सकिन्छ। यी मिसाइलहरु रडार मुनि आउँदैनन्। यसले यी मिसाइलहरुको लक्ष्यका बारेमा एक भ्रम पैदा गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *