• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अभिनेत्री प्रियंका कार्कीको मोबाइल सीआईबीले लियो आफ्नो नियन्त्रणमा

ByAgrim Post

Mar 20, 2022

६ चैत, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले अनलाइनखबरलाई बताए ।ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनमा उनको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाइएको थियो । त्यसक्रममा उनले आफूले क्रिप्टोकरेन्सीको कारोबार नगरेको बताएकी थिइन् ।

नायिका कार्कीले अनलाइनखबरसँग कुरा गर्दै पनि आफ्नो फोटो दुरुपयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको बताइन् । उनले भनिन्, ‘मैले दोषी पत्ता लगाएर कारबाही गर्न निवेदन पनि दिएकी छु ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन भइनसकेकाले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको छ । ती अधिकृतले भने, ‘उहाँको मोबाइलबाट विभिन्न एप्लिकेसनमार्फत अवैध मुद्राको कारोबार भएको छ/छैन भनेर डिजिटल जाँच हुनेछ ।’आइतबार चाहिँ कार्कीलाई प्रहरीले आवश्यकता परेको बेला हाजिर हुने गरी श्रीमान् आयुष्मान देशराज जोशीको जिम्मामा छाडेको छ ।

क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्वीर आएपछि सीआईबी पुगिन् प्रियंका

६ चैत, काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

‘मेरो फोटो मिसयुज गरेर क्रिप्टोकरेन्सीको विज्ञापन बनाइएको रहेछ । दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै उजुरी दिएकी छु,’ प्रियंकाले अनलाइनखबरसँग भनिन् ।उनले अगाडि भनिन्, ‘मलाई कसैले बोलाएको होइन । प्रहरीलाई छानबिनमा सघाउन र उजुरी दिन आएकी हुँ ।’ फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताइन् ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रियंकाले क्रिप्टोकरेन्सीलाई प्रमोसन गर्ने हिसाबमा सामाजिक सञ्जालमा प्रयोग भएको एक तस्वीर पोस्ट भएपछि उनीसँग सोधपुछ गरिएको बताए ।नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ । अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *