काठमाडौं। आन्ध्र प्रदेशको चित्तुर जिल्लामा १० वर्षका एक बालकले आफ्नी आमाको साथमा तीन दिन बिताएका छन् । यी बालकको नाम श्याम प्रसाद हो । उनी आमाको शवसँग तीन दिनसम्म यसकारण थिए किनकि उनलाई आफ्नी आमाको मृत्यु भइसकेको थाहा भएन ।
यी तीन दिनसम्म श्याम आफैं खाना बनाउँथे र स्कुल जानको लागि आफैं तयार हुन्थे । बीबीसीका अनुसार तीन दिनपछि मात्रै उनले आफ्ना मामा लक्ष्मी प्रसाद रेड्डीलाई आफ्नी आमाको शरीरबाट दुर्गन्ध आइरहेको बताए । त्यसपछि उनका मामा श्याम प्रसादको घर गए । त्यहाँ उनले श्यामकी आमाको मृत्यु भइसकेको थाहा पाएपछि पुलिसलाई खबर गरेका थिए ।