• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

इनारमा डुबेर एक बृद्धाको मृत्यु

ByDeayam

Mar 20, 2022

इनारमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ कीर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो ।

घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *