• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

ईलाममा ओलीको इन्ट्री भएपछि ५ हजार भन्दा धेरै एमाले प्रवेश

Bydeep

Mar 20, 2022

पूर्वप्रधानमन्त्री झलनाथ खनालको आज जन्म दिन हो । झलनाथ खनालको जन्मदिनमा स्वयम झलनाथलाई भने ठुलै झड्का लागेको छ । तत्कालीन एमालेमा हुँदा राम्रो पकड भएको झलनाथ खनालको चुनावी क्षेत्रमा आज नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको इन्ट्री भएपछी ५ हजार भन्दा बढीले एमाले प्रवेश गरेका छन्

इलामको सूर्योदय नगरपालिकामा आयोजना भएको पार्टीको बृहत् जनसभालाई सम्बोधन गर्दै ५ हजार जना कार्यकर्ता एमाले भित्रयाएका हुन्पा र्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसमेत त्यहाँ पुग्नेका छन् । फिक्कल बजारमा भएको बृहत् जनसभामा उल्लेख्य, कार्यकता, अगुवा कार्यकर्ता, शुभेच्छुक लगायतको सहभागिता रहेको छ ।

अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट तत्कालीन एमाले नेता झलनाथ खनाल विजयी भएका थिए। हाल खनाल नेकपा (एकिकृत समाजवादी) तर्फ लागेकाले आजको कार्यक्रमलाई त्यो अर्थमा पनि विशेषरुपमा हेरिएको छ । झलनाथ खनाल आफ्नै निर्वाचन क्षेत्रमा कमजोर साबित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *