• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कर्नाटकका विद्यालयको पाठ्यक्रममा पुनीतको जीवनीलाई पनि समेट्ने

ByDeayam

Mar 20, 2022

कर्नाटकका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अब कन्नड सुपरस्टार पुनीत राजकुमारको जीवनीलाई पढ्न पाउने भएका छन् । कर्नाटक सरकारले स्थानीय विद्यालयको पाठ्यक्रममा पुनीतको जीवनीलाई पनि समेट्ने तयारी गरेको छ ।

कैयौं संगठन र व्यक्तिले बेंगलुरु महानगरपालिका (बीबीएमपी) शिक्षा विभागलाई पत्र लेखेर सरकारसँग चार या पाँच कक्षाका विद्यार्थीको पाठ्यपुस्तकमा पुनीतको जीवनबारे एक अध्याय राख्न माग गरेका थिए । जसमाथि शिक्षामन्त्री बीसी नागेशले सरकारले यो विषयमा विचार विमर्श गरिरहेको बताएका छन् ।

सरकारले बालबालिकालाई परोपकारी गतिविधिमा प्रोत्साहन गर्न पुनीतलाई प्रमुख पात्र बनाई पाठ्यक्रममा समावेश गर्न लागेको जनाएको छ ।

सन् २०१९ मा उत्तरी कर्नाटकमा बाढीको प्रकोप थियो । त्यो समय अभिनेता पुनीत बीएस येरियुरप्पाको सहयोगका लागि अगाडि आएका थिए ।

नले तत्कालीन समयमा कर्नाटकको मुख्यमन्त्री सहायता कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका थिए । यसबाहेक उनले २६ अनाथ आश्रम र १६ वृद्धाश्रमसँगै १९ गौशाला सञ्चालनमा पनि सहयोग गरेका थिए । पुनीत कैयौं कन्नडभाषी स्कुल चलाउनमा पनि सहयोग गर्थे ।

आमासँग मिलेर आश्रम चलाउँथे

पुनीत आमासँग मिलेर मैसूरमा शक्तिधाम नामको आश्रम पनि चलाउँथे । यो आश्रमका माध्यमबाट उनी हजारौं युवतीहरूलाई अध्ययनका लागि स्रोतसाधनको व्यवस्था गर्थे । यो एक च्यारिटेबल संस्था हो । यो संस्थाले बलात्कार पीडितहरूलाई सहयोगसँगै मानव तस्करीविरुद्ध अभियान, वेश्यावृत्तिविरुद्ध काम पनि गर्दै आएको छ ।

पुनीतको गत वर्षको २९ अक्टोबरमा हृदयाघातका कारण निधन भएको थियो । उनको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *