काठमाडौ । तराईकाे तापक्रम ४० डिग्री सेल्सियस पुगेकाे छ । चैतको पहिलो सातादेखि नै देशभर तापक्रम बढ्ने क्रम तीव्र भएको हाे । उपत्यकासहित देशभर गर्मी बढ्न थालेको हो । तराईका कतिपय क्षेत्रमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्न थालिसकेको छ । पछिल्ला केही दिन यता दिनभर लाग्ने टन्टलापुर घामले गर्मी बढाएको हो ।
जनकपुर लगायतका स्थानमा अहिले नै गर्मीले जनजीवन प्रभावित भएको छ । ग्रामाीण भेगका मानिसहरु दिउँसोमा रुखको छहारी खोज्दै बस्न थालेका छन् भने सहरमा पंखा चलाएर वस्नुपर्ने अवस्था आएको छ ।
गर्मीले बजार क्षेत्रमा चहलपहलमा पनि कमी आएको छ । गर्मी बढेसङगै साँझ र राती अत्यधिक लामखुट्टे लाग्न थालेको छ । तापक्रम बढेसँगै तराईका जिल्लाहरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, पखला लाग्ने जस्ता समस्या लिएर अस्पताल पुग्ने विरामीको संख्यामा वृद्धि भएको छ । त्यस्तै, तापक्रम बढेपछि तराईका बस्तीहरुमा आगलागी हुने र पहाडमा डढेलो लाग्ने क्रम समेत सुरु भएको छ ।