नाबालिकालाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहको पक्ष-विपक्षमा धारणाहरु आइरहेका बेला राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पल र नाबालिकाले मिलेर ‘मि टु’ गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो ‘वी टु’ भएको पनि उनको टिप्पणी छ । प्राईम टिभीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पल र ती नबालिकाले दुई वर्ष प्रेमिल जीवन बिताएको पनि उल्लेख गरे । उनले भने,‘उनीहरुले दुई वर्ष प्रेमिल जीवन बिताए, अब अहिले युवालाई चाहिँ कहिले तनहुँ, कहिले गैंडाकोट लगिएको छ, सांसद र पूर्वमन्त्रीले त पाँच लाख धरौटीमा रिहा भैसके त, अनि एउटा युवालाई चाहिँ कति दिन न्याँक्नुहुन्छ ?
’ उनले नाबालिकालाई करणी गरेको पोहोर हो भने अहिले आएर हल्ला गर्न पाईन्छ ? भन्ने पनि टिप्पणी गरे । उनले यो प्रकरणलाई युवायुवतीले गरेको गल्ती मात्रैको संज्ञा दिए । उनले भने,‘न यो करणी हो, न अपराध हो ।’