• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

म्यादी प्रहरीमा भर्ना हुन आएका भन्छन्: चुनावमा भोट हाल्नु भन्दा पेट पाल्नु ठुलो कुरा रहेछ !

Bydeep

Mar 20, 2022

‘एक, डेढ महिना भएपनि जागिर पाईन्छ कि भनेर म्यादी प्रहरीमा भर्ना हुन आएको’ आईतवार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको फारम भर्न लाईन बसेकी ४१ वर्षीया रमा सार्कीले भनिन्। उनी ठेलमठेल घण्टौँ लाईन बसेर फारम भरेर बुझाईन्।

उनी भर्ना हुन्छिन् हुन्नन् त पक्का छैन तर पनि उनलाई ४० दिने जागिरको ठुलो आशा छ। ढुङ्गा माटोको काम गरेर गुजारा गर्दै आएकी उनलाई त्यो भन्दा म्यादी प्रहरीमा केही दिन भएपनि सजिलो जागिर मिल्थ्यो कि भन्ने लागेको छ। ‘सबै म्यादीमा जाने भनेका छन्, मलाई पनि एक पटक रहर लागेर आएको हुँ’ उनले भनिन्।

छोप्राकका बाबुराम बराम आफु बेरोजगार भएको र कामका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको बताउँछन्। म्यादी प्रहरीमा भर्ना भएपछि पाउने पैसाले केही महिना भएपनि घरको गुजारा चल्ने उनी बताउँछन्। ‘कोरो’नापछि देशमा आर्थिक मन्दी लागेको छ, जताततै समस्या छ, काम केही छैन, दुई चार पैसा हुन्छ कि भनेर आएको हुँ’ उनले भने।

चुनावमा भोट हाल्ने भन्दा आफ्नो पेट पाल्ने कुरा प्राथमिकतामा रहेको उनले बताए। गोरखा प्रहरीले आईतवारदेखि म्यादी प्रहरीमा भर्ना हुन चाहानेलाई फारम भर्न सुरु गराएपछि जिल्ला प्रहरी कार्यालयमा युवाहरुको लर्को लागेको छ। गाउँगाउँबाट सदरमुकाममा आएर फारम भर्नेहरुको दिनभर जसो जिप्रका कार्यालयअघि भिडभाड थियो।

त्यहाँको भिडले कति युवा बेरोजगार रहेछन् भन्ने प्रष्ट झल्किन्थ्यो। म्यादीमा भर्ना हुँदा मतदान गर्न नपाउने बारे अधिकासं जानकार छन् तर पनि उनीहरु आफ्नो बेरोजगारीलाई पहिलो मुद्दा बनाएर जागिरकालागि बल गरिरहेका थिए। बोर्लाङका रोशन बानियाँलाई म्यादी प्रहरीमा भर्ना हुन गएपछि आफ्ना गाउँठाउँका नेता चुन्न पाउने मतदान प्रक्रियाबाट बञ्चित हुनुपर्छ भन्ने थाहा छ।

तर पनि उनी म्यादीमा जागिरे हुने रहर गर्छन। ‘भोट हालेर के गर्नु, म्यादी भईयो भने दुईचार पैसा कमाई हुन्छ’ उनले भने ‘नेताको भन्दा हामीलाई हाम्रो चि’न्ता छ।’ कतिपय यस अघि पनि म्यादी प्रहरीमा भर्ना भएका, सेवा निवृत्त राष्ट्रसेवक पनि थिए ।उनीहरुलाई पनि चुनावमा भन्दा जागिरमा चासो छ।

जिल्ला प्रहरी कार्यालय गोरखाले स्थानीय चुनाव लक्षित गरेर गोरखामा १८ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्दैछ। त्यसका लागि चैत ११ गतेसम्म आवेदन फारम भर्ने म्याद रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए। आईतवार पाँच सय जनाले आवेदन दिने अनुमान जिप्रकाले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *