• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसमा सैन्य उपकरण सकिएपछि भारतलाई तनाव

Bydeep

Mar 20, 2022

काठमाडौं । युक्रेन र रुसबीचमा जारी युद्धमा रुसले सैन्य उपकरणको अभावको सामना गरिरहेको समाचार बाहिरिएपछि भारतलाई तनाव भएको छ । भारतका तीन सेनाले प्रयोग गर्ने सबै प्रमुख रक्षा उपकरणहरू रुसबाट आपूर्ति गर्दै आएको थियाे ।

रुसी T-90 ट्याङ्क, Su-30MKI लडाकु विमान र भारतीय सेनाले प्रयोग गर्ने INS विक्रमादित्य विमानवाहक जहाज सबै रुसबाट भारतले प्राप्त गरेको छ । रुसमाथि पश्चिमाले लगाएको ठूलो प्रतिबन्धले भारतलाई हतियारका पार्टपूर्जाको आपूर्तिमा कटौती गरेपछि भारत सरकारलाई तनाव बढेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रतिवेदनले युक्रेन र रुसबीच २४ दिनसम्म जारी रहेको युद्धका कारण रुसमा सैन्य प्रयोगका लागि सैन्य उपकरणको अभाव भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जो वाइडेन प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै रुसले युक्रेनमाथि युद्ध अघि बढाउनका लागि चीनसँग सैन्य उपकरणको माग गरेको छ । चीनले रुससँग सहयोग मागेको खबरले भारतको चिन्ता बढाएको देखिएकाे छ । अमेरिकी अधिकारीहरूले रुसी सेनासँग सैन्य आपूर्ति, पार्टपूर्जा र तेलको अभाव रहेको बताएका छन् । भारत अहिले पनि सैन्य पार्टपूर्जाको लागि रुसमाथि निर्भर रहने भएकाले यो समाचारले भारतको चिन्ता बढाएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *