• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुस–युक्रेन युद्धमा ‘नक्कली’ राष्ट्रपतिको प्रयोग

Bydeep

Mar 20, 2022

काठमाडौं। रुस–युक्रेन युद्धमा नक्कली राष्ट्रपतिको प्रयोग भएको पाइएको छ । ट्वीटरमा हालै रुसी राष्ट्रपतिको एउटा भिडियो पोस्ट गरिएको छ जसमा उनले युद्ध समाप्त गर्ने घोषणा गरिरहेका छन् । यसैबीच युट्युब र मेटाले पनि यसै हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको एउटा भिडियो हटाएको छ जसमा उनले रुससमक्ष आत्मसमर्पण गर्ने बताइरहेका छन् । विशेषज्ञको हवाला दिँदै बीबीसीले यी दुवै भिडियो ‘डीपफेक’ अर्थात नक्कली भएको बताएको छ ।

युद्धमा दुवै पक्षले प्रभावित पार्ने खालका मिडिया कन्टेन्ट प्रयोग गरिरहेका छन् । तर, यस्ता भिडियोले के दर्शाउँछन् र मानिसहरुले यी भिडियो सामग्रीलाई विश्वास गरिरहेका छन् वा छैनन् भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भिडियो धेरै विश्वसनीय थिएन र युक्रेनका धेरै मानिसहरुले यसलाई मजाकमा लिए ।

यो भिडियोमा युक्रेनी राष्ट्रपति एक पोडियमपछाडिबाट बोलिरहेका छन् ।उनी युक्रेनीहरुसँग आत्मसमर्पण गर्न भनिरहेका छन् । भिडियोमा उनको टाउको शरीरको तुलनामा अधिक ठूलो र धमिलो देखिएको छ । उनको आवाज पनि अधिक गहिरो सुनिएको छ । आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट गरिएको अर्को भिडियोमा जेलेन्स्कीले यसलाई केटाकेटी हर्कत भनेका छन् ।

युक्रेनको सेन्टर फर स्टटेजिक कम्युनिकेसनले रुसको सरकारले यस्तै डीपफेक भिडियो प्रयोग गरेर युक्रेनी जनतालाई आत्मसमर्पण गर्न उक्साउन सक्ने चेतावनी दिएको छ । मेटाका सुरक्षा नीति प्रमुख नथालियन ग्लाइसरले ट्वीटरमा कैयौं सिलसिलेवार ट्वीट गरेर आफूले तत्काल डीपफेक भिडियोको समीक्षा गरेको र भ्रामक मिडियाका विषयमा कम्पनीको नीति अनुसार त्यसलाई हटाएको बताएका छन् । युट्युबले पनि भ्रामक भिडियो सम्बन्धी आफ्नो नीति अनुसार यो भिडियो हटाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *