काठमाडौँ: ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका नीता ढुंगाना छिट्टै नै विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समय देखि एक अर्काको प्रेममा रहेको यो जोडीले २०७९ सालमा विवाह गर्ने तयारी गरेको खबर बाहिर आएको छ ।
ज्योतिष भएकाले हरिहरले विवाहको मिति समेत तय गरिसकिएको बताइएको छ । यो जोडीले ‘ह्रस्वदीर्घ’ नाममा चलचित्र समेत बनाउँदै छन् ।