• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सुर्यले जित्ने ठाउँ भएकै कारण नाम पनि सुर्योदय भयो : केपी ओली

Bydeep

Mar 20, 2022

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुर्योदयमा सुर्यको जीत निश्चित भएको बताएका छन् । इलामको सुर्योदयमा आयोजित बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुर्यले जित्ने ठाउँ भएकै कारण ठाउँको नाम सुर्योदय भएको बताए ।

उनले सुर्यलाई जित हासिल गर्न जुनकिरीहरुको जस्तो मार्चाबन्दी गर्न आवश्यक नरहेको बताएका छन् । अध्यक्ष ओलीले भने – सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन । जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको धारणा राखे । उनले इलामको बाटो विग्रिएको भन्दै चाँडै राजमार्ग सरह व्यवस्थित सडक निर्माण गर्ने बताए ।

इलामको नगदे बालीमा केहि समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अर्को एक प्रसंगमा ओलीले भने – यहाँबाट जित्नेहरुले के काम गरे ? खोई केहि देखिएन त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *