• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

ठूलो दुर्घटनाबाट बच्यो कतार एयरवेज

ByDeayam

Mar 21, 2022

दिल्ली। भारतमा कतार एयरवेजको एक विमान ठूलो दुर्घटनाबाट बचेको छ।

दिल्लीबाट दोहाको लागि उडेको क्यूआर५७९ विमानबाट धुँवा निस्कन थालेपछि विमानलाई आपतकालीन अवतरण गरिएको बीबीसीले जनाएको छ।

उडिरहेको विमानलाई कराँचीस्थित विमानस्थलमा अवतरण गरिएको कतार एयरवेजले जानकारी दिएको छ।

समयमै विमान अवतरण भएकाले यात्रुहरु कसैलाई चोट नलागेको बताइएको छ। कम्पनीले विमानमा देखिएको गडबडीपछि माफी माग्दै अनुसन्धान गरिरहेको छ।सो विमानमा सयभन्दा बढी यात्रु थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *