नेकपा एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा वाम एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने भनी आएको प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीरका गरिदिएका छन् ।
एमाले नेता घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताले बैठकमा वाम एकताको प्रस्ताव राख्दा अध्यक्ष ओलीले देशमा कुनै वाम नै नभएको भन्दै एकता नहुने बताए ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले भने, ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ? वाम भन्ने चिज नै छैन । अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ ।’
सोमबार बसेको बैठकले आगामी वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनि गर्ने र उम्मेदवार छान्न विभिन्न मापदण्ड अपनाएको छ ।