• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाह प्रकरणमा अनुसन्धान सकियो, फाइल सरकारी वकिल कार्यालयमा

ByDeayam

Mar 21, 2022

जिल्ला प्रहरी कार्यालय तनहुँले नायक पल शाहविरुद्ध जबर्जस्ती करणी अभियोगमा अनुसन्धान पूरा गरेको छ।

उमेर नपुगेकी किशोरीलाई विहेको प्रलोभन देखाएर पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा शाहलाई तीन पटक म्याद थपसहित हिरासतमा राखेर अनुसन्धान गरेको तनहुँ प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन (फाइल) सरकारी वकिल कार्यालयमा बुझाएको छ।

नाबालिकालाई जबरजस्ती करणी अभियोग लागेका शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।

पीडित परिवारले नवलपुरको गैँडाकोटमा पनि जबर्जस्ती करणी भएको भन्दै उजुरी दिएपछि शाहलाई गैँडाकोट झिकाएर प्रहरीले अनुसन्धान गरेको थियो। नवलपुर प्रहरीले यसअघि नै अनुसन्धान सकेर सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।

नवलपुर प्रहरीलाई दिएको वयानमा शाहले अभियोग अस्वीकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *