• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाह भेटेर फर्किए जय किशन बस्नेत, यस्तो मन छुने कुरा गरेछन् पलले

Bydeep

Mar 21, 2022

एक किशोरीलाई कर णी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले अनुसन्धान सकेर अब अदालतमा मुद्दा दर्ताको तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । कर णी मुद्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । प्रहरीले तीन पटक सम्म अदालतवाट म्याद लिएर अनुसन्धान गरेको हो । पछिल्लो पटक लिएको म्यादले २५ दिन पुग्ने देखिन्छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको हो । प्रहरी अनुसन्धानका क्रममा पलमाथिको आरोप प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणका रूपमा लिइएको छ । यस्तै, पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरिएको छ । घटनामा नाम जोडिएका अरू व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

यसअघि, पलविरुद्ध गएको बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला कर णी गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् । गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही रात पल किशोरीको कोठामा गएर कर णी गरेको आरोप छ ।

प्रहरी अनुसन्धानका क्रममा सु टि ङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले कर ण्ी गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ । गैँडाकोटमा पलको बयान भए पनि उनमाथि म्याद थपलगायत प्रक्रिया तनहुँबाट अगाडि बढेको हो । एकै प्रकृतिको घटना भएकाले एकै कार्यालयबाट मात्रै प्रक्रिया अगाडि बढाउन पाइने भएकाले तनहुँबाट म्याद थपलगायत प्रक्रिया गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *