• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पुर्व बाल लडाकु लेनिन बिष्ट एमालेमा प्रबेश गर्ने

Bydeep

Mar 21, 2022

काठमाडौं । माओबादीको १० बर्षे सशस्त्र युद्धमा लागेका पुर्व बाल लडाकु लेनिन बिष्ट एमालेमा प्रबेश गर्ने भएका छन् । पछिल्ला दिनहरुमा एमालेका नेताहरुसंग निकै हिमचिम बढाएका बिष्टले माओबादी केन्द्रबाट ठुलो धोका भएकोले पार्टी परिवर्तन गर्न लागेको संकेत गरेका हुन् ।

उनले एमालेमा प्रबेश गर्ने आधारहरु केहि दिनमा सार्बजनिक समेत गर्ने बताए । पछिल्लो पटक उनि माओबादी केन्द्रप्रति खुलेरै कडा आलोचनामा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पछिल्लो पटक शनिबार भेट भएको तस्विर सार्बजनिक गरेका बिष्टले देशका लागि काम गर्ने जुन पार्टी भरपर्दो छ, उसैमा लाग्ने बताए । ‘अहिले एमालेको भर देखेको छु,

उनले भने,‘ओलीको नेतृत्वमा अहिले एमालेले देशका लागि काम गर्न सक्ने बिश्वास छ ।’ माओबादी केन्द्रबाट भरोसा गर्ने आधार समाप्त भएको उनले आरोप लगाए । एमालेमा प्रबेश गर्ने बारेमा उनले एमाले अध्यक्ष ओलीलाई पटक–पटक भेट्दै आएका छन् । गत बर्ष ओली प्रधानमन्त्री हुँदा बिष्टले बालुवाटार पुगेरै भेटेका थिए ।

बिष्टले सामाजिक संजालमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेरै आलोचना गर्दे आएका छन् । ‘आलोचना अति भएन र भन्ने प्रश्नमा बिष्टले भने,‘अति त प्रचण्डले गरेनि, पटक–पटक हामीलाई झुक्याइयो, धोका दिइयो, प्रचण्डले झुट बोलेर हाम्रा मागहरु झन बल्झाइयो, अब कति सहने ?’

‘प्रचण्डको भर परेर हाम्रा बाल लडाकु साथीहरुलाई माग पुरा हुन्छन्, ढुक्क हुनुहोस भन्दै आएँ, उनले भने,‘मैले सबै साथीहरुलाई आश्वास्त पार्दे आएँ, तर माग पुरा नहुँदा म पो उल्टै बेइमान जस्तो देखिएँ, यो सबै प्रचण्ड र उहाँकै टिमले दिएको धोकाको कारणले भएको हो ।’

तत्कालिन नेकपा माओबादीले ०५२ देखि ०६२ सालसम्म नेपालमा सशस्त्र युद्ध गरेको थियो । पछि यो पार्टी फुटेर टुक्रा–टुक्रा भयो । युद्धको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ नाम राखेर माओबादी केन्द्रको नाममा राजनीतिलाई निरन्तरता दिए ।

तत्कालिन युद्धमा लागेका हजारौं बाल लडाकुहरुलाई केहि रकम दिने, रोजगार, पार्टीको जिम्मेवारी, शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका माग पुरा गर्ने प्रचण्डले आश्वासन दिंदै आएका थिए । तर, अहिलेसम्म कुनै पनि माग पुरा नभएको बाल लडाुकले गुनासो गर्दै आएका छन् । तिनै हजारौं बाल लडाुकहरुको नेतृत्व बिष्टले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *