• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पूर्व माओवादीहरु यौनकर्मी छन्, सेक्स वर्कर बनेपछि मैले संगत गरेको छु : बाबुराम भट्टराई

Bydeep

Mar 21, 2022

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं तत्कालिन नेकपा माओवादीका शीर्ष नेता डाक्टर बाबुराम भट्टराईले अत्यन्तै विवादित बयान जारी गरेका छन् । हाल जनता समाजवादी पार्टी नेपाल को संघीय परिषदका अध्यक्ष समेत रहेका डा. भट्टराई चर्चित गायक प्रकाश सपुतको गीत पीरका बारेमा बयान जारी गर्दा विवादमा परेका हुन् । उनले तत्कालिन माओवादीहरु हाल केही बाध्यतावस यौनकर्मीको रुपमा रहेको दावी गरे ।

ओशो तपवनका स्वामी आनन्द अरूणसँग बसिरहेका बेला उनले गरेको गफ भिडियोको रुपमा बाहिर आउँदा यो कुराको खुलासा भएको हो । अभिनेत्री तथा सन्यासी शोभिता सिंखडापनि त्यहाँ देखिन्छिन् । भिडियोमा अभिनेत्री तथा सन्यासी शोभिता सिंखडालेपनि डा. भट्टराईको भनाईलाई सही सावित गर्दै हो, मैलेपनि देखेकी छु भनेकी हुन्छिन् ।

त्यसपछि डा. भट्टराईले अझै थप्छन् उनीहरु चै पूरा सेक्स वर्कर भएर बसेको मैले देखेको छु । बाध्य भएर लागि रहेका छन् । लुकाएर हुन्छ ? ढाकछोप गरेर हुन्छ ? यसो भनिरहँदा स्वामी आनन्द अरूणलेपनि डा. भट्टराईको भनाईलाई सही थाप्छन् । डा. भट्टराई थप बोल्छन् मैले त यो विषयमा अध्ययन नै गरेको छु । यो विषयमा चासो राख्छु । यसो गरेर बुझे मैले । त्यस्ता महिलाहरुको संगतपनि गरे । बुझ्दाखेरी, मैले प्रत्यक्ष भेटेकै छु ।

आफैले भेटेर प्रत्यक्ष सुन्दाखेरी यो तथ्य मैले बुझेको हुँ । उनीहरु चै पूरै सेक्स वर्कर भएर बसेको मैले देखेको छु । मैले त एउटा महिला यस्तोपनि भेटे विचारा, आफ्नो लोग्नेको उपचार गर्नका लागि कुनै उपाय नभेटेपछि सेक्स वर्कर भएर लोग्नेको उपचार गरेकोपनि भेटे । पूर्व प्रधानमन्त्री भइसकेका यो तहका नेताले यति गम्भीर विषय आफैले थाहा पाउँदापनि समाधानका लागि किन कुनै पहल गरेनन् ? भन्ने विषय यो बयान पछि पक्कै खड्किन्छ ।

अनि प्रकाश सपुतको गीतमा कैची लगाउँने नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तामाथीपनि संगीन प्रश्न जान्छ ? के समस्या लुकाएर लुक्छ ? भिडियो उनै अभिनेत्री तथा सन्यासी शोभिता सिंखडाले आफ्नो टिकटक अकाउण्टमा अपलोड गरेकी छिन् ।

@shobita.simkhada चर्चाको शिखरमा रहेको गित पिरको बारेमा बोल्दै #baburambhattrai #prakashsaput #pir #song #fyp #पिर #swamianandarun ♬ original sound – Santam salila

Leave a Reply

Your email address will not be published. Required fields are marked *