• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई सरकारको तर्फबाट सुविधा उपलब्ध गराउने

ByDeayam

Mar 21, 2022

गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका-५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई सरकारको तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

उर्मिलाका श्रीमान नविन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताए।

‘कर्तव्य पालनाको शिलशिलामा उहाँको मृत्यु भएको छ। उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाणको भनाइ उध्रित गर्दै उर्मिलाका पति नविनले भने, ‘तपाईँहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला। राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौं।’

गृहमन्त्री खाँणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *