• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भोक्राहा नर्सिङ गा पामा रित्तिदै गठबन्धन/वडाध्यक्ष,जनप्रतिनिधि सहित २०० जना एमाले प्रवेश

ByAgrim Post

Mar 21, 2022

सुनसरी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोक्राहा नरसिंह गाउँ कमिटी द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा भोक्राहा नरसिंह वडा नं ६ का निर्वाचित वडा अध्यक्ष सहित ५ जना प्रतिनिधि र २०० जना कार्यकर्ता सहित जसपा नेपाल पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्। नव प्रवेशीहरुलाई सुनसरी जिल्ला इन्चार्ज जगदीश कुसियैतले स्वागत गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य तथा सुनसरी इन्चार्ज कमरेड जगदीश प्रसाद कुसियैत, विशिष्ट अतिथि केन्द्रीय सदस्य कमरेड तैयव हुसेन, पार्टी जिल्ला अध्यक्ष कमरेड रेवती रमण भन्डारी, पार्टीका केन्द्रीय अनुशासन आयोग सदस्य कमरेड पोष्ट कुमार नेपाल, कमरेड लक्ष्मी गौतम, कमरेड राम प्रसाद मेहता, भोक्राहा नरसिंह गाउँपालिका पार्टी इन्चार्ज कमरेड रमेश यादव लगायतका नेता तथा कार्यकर्ता को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

यस अघि सोहि पालिकामा प्रभावशाली नेता ब्रहमदेब यादव को नेतृत्व मा १०१ जना जसपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *