• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यसरी चिटिक्क बनाउन सकिन्छ आफ्नो घर

ByDeayam

Mar 21, 2022

आफ्नो घरको प्रत्येक कुना, ढोका र भित्तालाई सधै रंगले उज्यालो र सफा राख्नुपर्छ । त्यसैले घरलाई सरसफाइ गर्ने केही टिप्सहरु लिएर आएका छौँ ।

दराज
दराजबाट सबै लुगाहरू निकाल्नुहोस । दराजको कुनामा जम्मा भएको भुलो–माटोलाई सफा गर्न सिरका छर्केर सफा गर्नुहोस् । कपडालाई रङ अनुसार मिलाउन सकिन्छ । साथै, भारी लुगाहरु प्याक गरी कुनै सुटकेसमा राख्र्नुहोस् । दराजमा प्रयोग हुने लुगाहरू मात्र राख्नुहोस ।

बैठक कोठा
भित्तामा रहेका फोटोफ्रेम र कलाकृतिलाई नरम कपडाले सफा गर्नुहोस् । भित्तामा लागेको दाग हटाउन मनतातो पानीमा २ चम्चा डिटरर्जेन्ट हालेर कपडाले सफा गर्नुहोस् । साथै, काठको फर्निचर सफा गर्न एक कप पानिमा तीन चम्चा भिनेगर मिसाएर कपडाले सफा गर्नुहोस् । सोफा कभरलाई पनि मनतातो पानीमा धुनुहोस ।

किचेन
किचेनमा रहेका अनावश्यक चीजलाई फ्याँक्नुहोस । भिनेगरमा कपडा भिजाएर भन्सा कोठा सफा गर्नुहोस् । सरसफाई संगै किटाणुहरू पनि नष्ट हुन्छन् । टाइल्समा लागेको दाग हटाउन तेलमा नुन मिसाएर सफा गर्न सक्नुहुन्छ । एक लिटर पानिमा आधा कप भिनेगर मिसाएर कपडा भिजाई फ्रिजलाई सफा गर्नुहोस् ।

बेडरुम
बेडरुमबाट अनावश्यक वस्तुहरू हटाउनुहोस् । पानीको घोलले ग्रिललाई सफा नगर्नुहोस् । साथै पर्दा, बेडसिट, गद्दा कभरहरूलाई तातो पानीमा धुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *