• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेन संकट : शुक्रबार पोल्याण्ड जानेछन् अमेरिकी राष्ट्रपति बाइडेन

Bydeep

Mar 21, 2022

नेटो र युरोपेली संघका सहयोगीसँग बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ । बाइडेन युक्रेनमा जारी युद्धका लागि मानवीय प्रतिक्रियामाथि चर्चा गर्नका लागि वारसामा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेन्ज डुडासँग भेटघाट गर्नेछन् । ह्वाइट हाउसले जारी बयानमा भनेको छ, ‘राष्ट्रपति बाइडेनले अमेरिका आफ्ना सहयोगीसँग रुसको हमलाका कारण युक्रेनमा पैदा भएको मानवीय र मानवाधिकार संकटमा कस्तो खालका प्रतिक्रिया दिइरहेका छन् भन्ने विषयमा चर्चा गर्नेछन् । ’

सोमबार बाइडेनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटलीका प्रधानमन्त्री मारियो ड्रेगी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनवार्ता गर्ने छन् ।
बुधबार बाइडेन नेटो र युरोपेली परिषदको शिखर सम्मेलनमा भाग लिनका लागि ब्रसेल्स जाँदैछन् । साथै, उनले जी–सेभेनको बैठक पनि गर्नेछन् । ह्वाइट हाउसकी प्रवक्ताले आफ्नो यात्राको क्रममा बाइडेनको युक्रेन जाने कुनै योजना नभएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *