• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ : युक्रेनका राष्ट्रपति जेलेन्स्की

Bydeep

Mar 21, 2022

७ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् ।

रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् ।

यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् । उनले यदि युक्रेन नेटोको सदस्य भएको भए यो युद्ध नै हुँदैनथ्यो भनेका छन् । रुस भने युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पक्षमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *