• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले दोस्रोपटक युक्रेनमा हान्यो ध्वनीभन्दा १० गुणा तिव्र मिसाइल मिसाइल

ByDeayam

Mar 21, 2022

रुसले दोस्रोपटक पनि युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ।रुसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आइतबार रुसी आकाशबाट ध्वनीभन्दा १० गुणा तिव्र मिसाइल युक्रेनमा हानेको बताएका हुन्।

उनका अनुसार ब्ल्याक सिबाट हानिएको कालिबर क्रुज हाइपरसोनिक क्षेप्यास्त्र निजयान प्लान्टमा खसेको थियो। सो प्लान्टमा युक्रेनी सेनाको युद्धका क्रममा बिग्रिएको सवारी मर्मत गरिन्छ।

२ हजार किलोमिटर परसम्म मार हान्नसक्ने उक्त क्षेप्यास्त्रले जियान प्लान्ट ध्वस्त भएको बताइएको छ।

यसअघि गत शनिबार पनि रुसले युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो क्षेप्यास्त्रले युक्रेनका हतियार भण्डारहरु ध्वस्त बनेको बताइएको थियो।

हाइपरसोनिक क्षेप्यास्त्र परमाणु क्षमताका हुन्छन्। यो विश्वमा भर्खरै विकासित हुँदै गरेको हतियार हो।

रुसले युक्रेनमा यस्ता क्षेप्यास्त्र हानेर आफ्नो हतियार परीक्षण पनि गरिरहेको विश्लेषक बताउँछन्। अल्जाजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *