• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुस र युक्रेनबीचको वार्ता सम्झौता नजिक : टर्की

Bydeep

Mar 21, 2022

टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको बताएको छ । टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि बढिरहेको बताउनु भएको छ ।

उहाँले वार्ताको दुवै टोलीसित आफ्नो सम्पर्क भइरहेको पनि बताउनु भएको छ । उहाँले केही दिनअघि युक्रेन र रुसको यात्रा गर्नु भएको थियो । युक्रेन र रुस दुवैसँग सुमधुर सम्बन्ध भएको टर्कीले युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *